‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्व राज्यमन्त्री रायको ‘रहस्यमय’ हत्या 

सर्लाही, बरहथवा ।  गए राति पूर्वभूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको  रहस्यमय हत्या भएको छ । चन्द्र नगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा पूर्व राज्यमन्त्री अन्दाजी ७५ वर्षीय रायको हत्या भएको हो ।

अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उहाँको  हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो  ।

उहाँले भन्नुभयो ‘यादवको हत्या भएको बेला घरमा एक कामदार मात्र थिए । हामीले राति १ बजे जानकारी पायौँ । अहिले शव मलंगवा अस्पताल लगेका छौँ । थप अनुसन्धान भइरहेको छ ।’

मलंगवा नगरपालिकामा घर भएका पूर्व राज्यमन्त्री रायको चन्द्र नगरमा करिब सयौँ बिघा खेत रहेको छ । सोही खेत रोपाइँ गर्न आउनुभएको बेला उहाँको  हत्या गरिएको स्थानीयले बताउनुभयो ।  यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक ससदमा निर्वाचित भएका हुनुभएको थियो । 

 प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।  “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशङ्का छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लाल गढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : ०० बजे