साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सञ्‍चारमन्त्री गुरुङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नु भयो । भेटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र बिस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्त्वपूर्ण मन्त्रालय भएको बताउँदै राजदूत थम्सनले नेपालको संवृद्धिका लागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनुभयो ।

राजदूत थम्सनले प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पूर्व जानकारीका साथै खोज तथा उद्धार गर्न सकिने भन्दै अमेरिका नेपालको साइबर सुरक्षा, पर्यटन सूचनालगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेश जान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो ।

भेटमा मन्त्री गुरुङले वर्तमान सरकारको लक्ष्य नै शान्ति र संवृद्धि रहेको जानकारी गराउँदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्राकृतिक विपत्तिबाट नेपाल पीडित भएको जानकारी गराउँदै मन्त्री गुरुङले पर्वतारोहणका क्रममा हुने उद्धार तथा खोजमा सञ्चार सम्पर्क आवश्यक रहेको बताउनुभयो ।

नेपालले सञ्चार क्षेत्रमा ठुलो फड्को मारेको बताउँदै मन्त्री गुरुङले यो पर्याप्त नभएको र सञ्चार क्षेत्रलाई आय आर्जन र रोजगारीसँग जोड्नु पर्ने बताउनुभयो ।

युवा शक्ति पलायन मुलुकको चुनौती भएको बताउँदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउँदै त्यसकालागि अमेरिकासँग सहकार्य हुन सक्ने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : १६ बजे