विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ढले दुबै प्रदेशका माओवादी सरकार,बागमतीमा काग्रेंस र लुम्बिनीमा एमाले सरकार बन्ने 

बुटवल । लुम्बिनी र बाग्मती प्रदेशमा रहेका माओवादी नेतृत्वको सरकार ढलेको छ । दुवै प्रदेशसभामा बहुमत गुमाएसँगै माओवादीबाट बाग्मती प्रदेशमा सरकारको नेतृत्व गर्नुभएका मुख्य मन्त्री शालिकराम जमरकट्टेल र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । 

अब बाग्मती प्रदेशमा काँग्रेस संसदीय दलका नेता  बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुनेछ भने लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्दै हुनुहुन्छ । 

काँग्रेस एमालेबीच भएको सहमति अनुसार सात प्रदेशमध्ये कोशी,लुम्बिनी र कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने, गण्डकी, बाग्मती र सुदूरपश्चिममा कांग्रेसले नेतृत्व गर्ने र मधेसमा जनमतलाई नेतृत्व दिने सहमति भइसकेको छ । 

जस अनुसार कोशी र कर्णालीमा रहेको एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने छ भने गण्डकीमा काँग्रेस नेतृत्वको सरकार निरन्तर रहने छ । मधेस प्रदेशको जनमत  नेतृत्वको सरकारमा काँग्रेस सहभागी भइसकेको छ भने सुदुरपिश्चमा नेकपा एस नेतृत्वको सरकार यत्तिखेर अल्पमतमा परिसकेको छ । तर, त्यहाँका मुख्यमन्त्री दिर्घराज साँेडारी संविधानको छिद्रमा खेलेर ३० दिन भए पनि सत्ता लम्बाइरहेका छन् । त्यसकारण त्यहाँ काँग्रेस नेतृत्वको सरकार गठन गर्न केही समय लाग्ने देखिन्छ । 

लुम्बिनी प्रदेशमा एमालेका २० कांग्रेसका २७ सांसद् छन् । ८७ सदस्यीय प्रदेश सभामा यो सुविधा जनक बहुमत हो । त्यहाँ विपक्षमा माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक एक गरी १२ सदस्य मात्र छन् । एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् । 

यता बागमतीको ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

बाग्मतीमा काँग्रेसका ३७  र एमालेका २७ सांसद् छन् । यहाँ बहुमतका लागि चाहिने ५६ मत सजिलै जुट्ने अवस्था छ । बाग्मतीमा माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । 

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ४७ बजे