दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दोलखा भीमसेनलाई पसिना : महाप्रसाद राष्ट्रपतिलाई दिइयो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । 

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।  

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिन्छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको  थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : १७ बजे