काठमाडौँ । निर्वाचन आयोगले माओवादी केन्द्र खारेजीको माग गर्दै हालिएको निवेदनलाई सम्बोधन गर्ने बताएको छ ।
पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायत नेताहरुले माओवादीको खारेजीको माग गरेर आयोगलाई निवेदन दिनुभएको थियो ।
त्यस्तै, उहाँहरुलाले पार्टीका अवैद्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई गरेको कारवाही पनि अवैद्य रहेको निवेदन दिनुभएको थियो ।
आयोगले उहाँहरुको निवेदन दर्ता गरेको र यसबारेमा सम्बोधन हुने पनि जनाएको छ ।
प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ३ : ३५ बजे
प्रतिक्रिया