काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । ।
रास्वपाले विपक्षमा बसेर जनताका मुद्धा प्रभावकारी रुपमा उठाउने बताउदै परियारले आफुहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गर्नुभयो ।
प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार १ : ५१ बजे
प्रतिक्रिया