सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काँग्रेसले संसदमा माग्यो उपसभामुखको राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।

काँग्रेस संसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताउनुभयाे ।

उहाँले उपसभामुख राना मगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गर्नुभएकाे छ ।

उहाँले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताउनुभयाे ।
  

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ३३ बजे