सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बागमती र लुम्बिनीमा आज ढल्दै माओवादी नेतृत्वको सरकार  

काठमाडौं। केन्द्रमा सत्ता समीकरण  परिवर्तन भएसँगै बागमती र गण्डकी प्रदेश सरकार  आज ढल्ने भएका छन् । यी दुवै प्रदेशमा माओवादीका मुख्यमन्त्री रहेका छन् । माओवादीका नेता जोखबहादुर र महरा र सालिकराम जम्मकटेल मुख्यमन्त्री हुनुहुन्छ। यी दुवै प्रदेशमा आजै सरकार गठन प्रक्रिया अगाडि बढ्ने छ । सुदूर पश्चिममा नेकपा एसका मुख्यमन्त्री  दीर्घ सोडारीको  भने केन्द्रमा जस्तै विश्वासको  मत लिने योजना रहेको  थाहा भएको छ। 

लुम्बिनीमा सभामुख तुलाराम घर्तीले आज प्रदेशसभाको चौथो अधिवेशनको  आव्हान   गर्नुभएको  छ। मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने गरी निवेदन दर्ता गराउनु भएको छ।  । सदस्यहरूलाई सूचना गर्दा पनि सम्भावित कार्यसूचीमा ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने जनाइएको छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका  महरालाई समर्थन गरेको नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएको छ । त्यस्तै असार ९ गते जसपा सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिनुभएको थियो । 

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । काँग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक एक गरी १२ सदस्य मात्र छन् ।

एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । ठुला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायतका दलले पनि एमाले–काँग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

यता बागमती प्रदेशमा पनि अहिलेसम्म अल्पमतको सरकार चलिरहेको छ । माओवादीका नेता सालिकराम जमरकट्टेलको नेतृत्वको बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

२४ गते एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतका परेको हो । आज बागमतीमा पनि १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि यहाँ पनि विश्वासको मत पाउने सम्भावना छैन ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

यहाँ सबैभन्दा बढी काँग्रेसका ३७ जना सांसद छन् । एमालेका २७, माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमाले मिल्दा ६४ सांसद पुग्छ । यहाँ काँग्रेसलाई नेतृत्व दिने नयाँ गठबन्धनमा भद्र सहमति छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५८ बजे