‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लुम्बिनी  र बागमतीको प्रदेश सरकार भोली ढल्ने 

बुटवल । लुम्बिनी प्रदेश र बागमती प्रदेशका मुख्यमन्त्रीले भोली विश्वासको मत लिँदै छन् । कांग्रेस–एमाले नयाँ समीकरण बनेसँगै अल्पमतमा परेका प्रदेश सरकारहरूले संविधानको व्यवस्थाअनुसार विश्वासको मत लिने तयारी गरिरहेका हुन् । बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल  मुख्यमन्त्री  हुनुहुन्छ ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री जमरकट्टेलले आइतबार दिउँसो १ बजे बस्ने  प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुनेछ । 

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी )एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जमरकट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।  एमालेले सरकार छोडेसँगै अल्पमतमा परेका जमरकट्टेललाई राप्रपालेसमेत विश्वासको मत नदिने निर्णय गरिसकेकाले भोली जमरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ ।  बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

यसैगरी माओवादी केन्द्रले नै नेतृत्व गरिरहेको  लुम्बिनी प्रदेश सरकार पनि भोली नै ढल्ने निश्चित जस्तै छ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार नै विश्वासको मत लिने  तयारी छ । 

आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची  थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिनुभएको छ ।

माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अहिले मुख्यमन्त्री महरालाई माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक गरी मात्र १२ जना प्रदेशसभाको समर्थन छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : २४ बजे