साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

काठमाडौं । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो ।

त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : २० बजे