साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महिला एसिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

काठमाडौँ । जारी महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ ।

समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो ।

यस अघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : ४८ बजे