‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जिग्री ब्रोको जन्मदिनमा फिल्म ‘लाज शरणम्’ निर्माण घोषणा

काठमाडौं ।  लोकप्रिय हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले फिल्म 'लाज शरणम्'  निर्माणको औपचारिक घोषणा गरेको छ। 

शुक्रबार कुमार कट्टेल 'जिग्री' को जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका कलाकार र निर्देशकबारे जानकारी दिइयो । 

कुमारकै पटकथा लेखन तथा निर्देशन रहने फिल्मको प्रदर्शन आगामी महाशिवरात्रिको दिन फागुन १४ गते गर्ने तयारी छ ।

त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ। पुराना अभिनेता मुकुन्दले यो फिल्मबाट पुनरागमन गर्न लागेका हुन्।

घोषणा कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, प्रदीप भट्टराई लगायत पनि पुगेर फिल्मको टिमलाई शुभकामना दिएका थिए। 

फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा निर्माण हुने जनाइएको छ । 

अभिनेता तथा निर्देशक कट्टेलले आफ्नो सिरियल र अभिनय यात्रामा साथ दिने सबैलाई धन्यवाद दिए ।

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ४१ बजे