सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्रीले भन्नुभयो –समृद्ध नेपाल सुखी नेपालीको आकांशा पुरा गर्न सबै दलको सहयोग आवश्यक 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दललाई रचनात्मक सहयोग पुर्‍याउन आह्वान गर्नुभएको छ। ।

नेपाल कम्युनिष्ट पार्टी एमाले ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा बुझ्दै उहाँले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिनुभयो  ।  प्रधानमन्त्री ओलीले भन्नुभयो  ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’ 

एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो  भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियो  । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका पार्टीले जनाएको छ ।

महासचिव शङ्कर पोखरेलेको नेतृत्वमा गएको एमालेको प्रतिनिधि मण्डलले विभिन्न सुझाव लिखित रूपमा दिएको छ। प्रतिनिधि मण्डलमा प्रदीप ज्ञवाली प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरु प्रधानमन्त्री ओलीलाई सुझाव दिन  सिंहदरबार पुग्नु भएको थियो। 

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ५४ बजे