चितवन। चितवनको भरतपुर महानगरपालिकास्थित सिमलतालमा पहिराले बगाएर त्रिशुलीमा नदीमा बेपत्ता दुई बससहित यात्रुमध्ये थप दुईजनाको शव फेला परेको छ ।
दुईजनाको शव भारतीय भूमिमा फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले शव भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा फेला पारेको हो । शवको पहिचान खुलेको छैन ।
दुईमध्ये एउटा शव नेपाल ल्याइसकिएको छ भने एउटा ल्याउने क्रममा छ ।
प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ३ : ०६ बजे
प्रतिक्रिया