साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बंगलादेश असुरक्षित बन्दै, नेपाली विद्यार्थी मेघालय हुँदै भारत प्रवेश गर्न थाले

काठमाडौं । सरकारी जागिरमा गरिएको आरक्षणको विरोधमा चर्किएको प्रदर्शनका कारण बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु विस्थापित हुन थालेका छन् ।

प्रदर्शनकारीहरूले बिहीबार साँझ बंगलादेशको मुख्य सरकारी टेलिभिजन च्यानल बीटीभीको मुख्यालयमा आगजनी गरेका थिए। एएफपी रिपोर्टका अनुसार बिहीबार साँझ सयौं प्रदर्शनकारीहरू बीटीभीको क्याम्पसमा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ ६० भन्दा बढी गाडीमा आगजनी गरे। 

प्रधानमन्त्री शेख हसिनाले हिजो बीटीभीमा अन्तर्वार्ता दिएकी थिइन् । बिहीबार विद्यार्थी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । एएफपी रिपोर्टका अनुसार बिहीबार भएको हिंसामा कम्तीमा २५ जनाको मृत्यु भएको समाचार विभिन्न सञ्चारमाध्यमा छन्। यसबाहेक एक हजारभन्दा बढी घाइते भएका जनाइएको छ।  

ढाकास्थित नेपाली दूतावासले पनि सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : २७ बजे