‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निःशुल्क खोप पर्खेर नबस्न नेपाललाई विश्व बैंकको अनुरोध

काठमाडौं । विश्व बैंकले नेपाललाई कोभ्याक्स अनतर्गतको निशुल्क खोप कुरेर बस्न नहुने बताएको छ । 
विश्वबैंकले कोभिड–१९ खोप खरिदका लागि थप आर्थिक सहायताको प्रतिबद्धतासमेत जनाएको छ । 

भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुनेभन्दै थप आर्थिक सहायताको लागि विश्व बैंक प्रतिवद्घ रहेको बताउनु भएको हो  ।
निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने समेत बताउनुभयो । विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो ।

निर्देशक फरिसले पैसाकै कारण खोप ल्याउन ढिलाइ गर्न हनुने बताउनुभयो । उहाँले खोप खरिदका लागि नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको बताउँदै थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइने बताउनुभयो  । 
नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘पैसा मुख्य कुरा है,मुख्य नेपालले आफ्नो पूर्ण जनसंख्यालाई कसरी खोप लगाउँछ भन्ने महत्वपूर्ण कुरा हो ।’

नेपालको कूल जनसंख्याको ७२ प्रतिशत अर्थात ३० मिलियन जनसंख्यालाई २ डोज खोप लगाउन ४४ मिलियन डोज खोप जरुरी हुन्छ । कोभ्याक्सले प्रतिबद्धता जनाएको १३ मिलियन डोजले नेपालको २० प्रतिशत जनसंख्यालाई लगाउन पुग्छ ।
 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ५४ बजे