‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो । 

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : १२ बजे