‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारतमा थप ४३ हजारमा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।  भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । 

त्यसैगरी कुल सङ्क्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

पछिल्लो एक दिनमा पनि नयाँ सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन । सोही अवधिमा अरु ४४ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् ।  

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रबार विहान जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार ९३९ रहेको छ । 

देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीबारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो ।   

रासस÷एएनआई

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ४४ बजे