दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

​​​​​​​चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ ।

बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यससँगै अहिलेसम्म फेला परेको शवको संख्या २० पुगेको छ । 

जसमा १८ पुरुष र २ महिला रहेका छन् । अहिलेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थिए ।

हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ४४ बजे