सुनको मूल्यमा नयाँ कीर्तिमान

 एमाले झापाका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा मृत्यू

झापा ।  एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ । 

प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा पर्नुभएको  थियो । ५० बर्षीय प्रसाई आफै बा १६ च ८१८२ नं को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा विहान ११ बजेर ४० मिनेटमा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा पर्नुभएको थियो । कारमा प्रसाई एक्लै हुनुहुन्थ्यो

उहाँको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको हो । प्रसाईं विर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतराका श्रीमान् हुनुहुन्छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ४२ बजे