साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । 

शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियो । 

सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।  
 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : ४३ बजे