सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।  

बिहीबार काठमाडौँमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयिक महत्त्वपूर्ण विषयबारे जानकारी गराउनुभएकाे  थियाे ।  

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभएकाे थियाे ।  

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : ३३ बजे