सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

 ढल्न लागेको  मधेश सरकार कठिन मोडमा पुगेर जोगियो

काठमाडौँ । मधेश सरकारका मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकार डिलमा पुगेर ढल्नबाट जोगिएको छ।  कांग्रेस र लोसपाको असन्तुष्टिलाई संवोधन गर्न मुख्यमन्त्री तयार भएपछि  तत्कालका लागि जनमत नेतृत्वको सरकार जोगिएको हो ।

जनमतले अपमान गरेको भन्दै काँग्रेसका अधिकांश प्रदेश सांसदहरू सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका थिए। सहमतिअनुसार मुख्यमन्त्रीले अर्थ मन्त्रालय दिन आलटाल गरेपछि काँग्रेसले बिहीबार प्रदेश संसदीय दलको बैठक बोलाएको थियो । 

सहमति अनुसार मुख्यमन्त्री सतिसकुमार सिंहले   सहमति बमोजिम  लोसपालाई पर्यटन मन्त्री दिने  सहमति गरेकोमा त्यो तोडेको भन्दै सरकारलाई दिएको समर्थन  फिर्ता  लिने तयारी गरेका थिए। 

बुुधबार साँझ यस बिषयमा नेपाली कांग्रेस र लोसपाबीच छलफल भएको थियो। दुई पार्टीका मधेशमा शीर्ष नेताहरुले मुख्यमन्त्री सिंह ले आफ्नो हठ नत्यागे आइतबार सम्म  सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो। 

कांग्रेस र लोसपाका गरि  ८ सांसद बुधवारै काठमाडौ आएका थिए। उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी सरकारको समर्थन फिर्ता लिने जानकारी दिएका थिए। 

उनीहरू  देउवालाई भेटेर फर्के  लगतै मुख्यमन्त्री सिंहले दुई पार्टीसँग छलफल गरेका थिए। स्रोतका अनुसार बिहीबार बिहान भएको छलफलमा मुख्यमन्त्री सिंह आफ्नो अडानबाट पछि हटेपछि ढल्नै लागेको मधेश सरकार जोगिने भएको छ। 

विश्वासको मत लिने बेला काँग्रेसलाई अर्थ मन्त्रालयसहित ४ मन्त्रालय र २ राज्यमन्त्री दिने सहमति भएको काँग्रेसको दाबी छ। यही सहमतिअनुसार काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरूको नामसमेत टुङ्गो लगाइसकेको थियो । तर बिहीबार मुख्यमन्त्री सिंह आफ्नो अडानबाट ब्याक भएपछि सिंह नेतृत्वको मधेश सरकार जोगिएको स्रोतले बतायो। 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : २२ बजे