सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताउनुभएकाे छ ।

नेपाल इन्जिनियर एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताउनुभएकाे हाे ।

ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राख्नुभयाे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ । गौरवपूर्ण इतिहास छ । भविष्य राम्रो छ । त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ ।’ 

इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताउनुभयाे ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ०९ बजे