दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

९२ वर्षीय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथ रोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।  श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छाेरी छन् ।

भाेलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १ : ४६ बजे