‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरी प्रकाउ

सर्लाही । सर्लाहीमा हत्या गरेको आरोपमा मतृकका श्रीमती र छोरी प्रकाउ परेका छन् ।

ईश्वरपुर नगरपालिका–१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकी श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा  कुटपिट हुँदा जंगल बहादुरको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १ : ४४ बजे