सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आफ्नै कार्यालय डुबानमा पर्दा बालेन बेपत्ता

काठमाडौं ।  बुधबार राति काठमाडौँमा घनघोर वर्षा भयो । अन्य जिल्लामा पनि वर्षा भए पनि काठमाडौँमा करिब सात मिनेट दर्केर पानी वर्षिँदा यसको असर सर्वत्र देखियो ।

केही समय अघि यस्तै वर्षा भई सडकहरू जलमग्न हुँदा काठमाडौँ महानगरका मेयर बालेन साहले बिना प्रसङ्ग प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्षेप लगाउँदै उत्तेजित अभिव्यक्ति दिनु भयो । सडक किनारका सुकुम्बासीको दु: ख बुझेझैँ उहाँले अन्टसन्ट लेख्दा सामाजिक सञ्जालमा तिखो आलोचना नै व्योहोर्नु परेको थियो ।

बुधबारको वर्षाको असर राष्ट्रियसभा गृहमा समेत पर्‍यो । सो हलको परिसर पूरै जलमग्न भयो । यतिबेला भने मेयर बालेन साहले दोष लगाउने ठाउँ भेट्नु भएको छैन । यो अवस्थाको दोष उहाँ माथि नै आइपुगेको छ । यतिबेला सामाजिक सञ्जालमा मेयर बालेनमाथि प्रश्न छ– 'आफ्नै कार्यालय डुब्दा समेत बेपत्ता भएर बस्ने तपाईँलाई के भन्ने?'

राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो ।

त्यसो त मेयर बालेन उपदेश दिन माहिर हुनुहुन्छ । कसले के गर्नु पर्छ र के गर्नु पर्दैन भनेर उहाँ सामाजिक सञ्जालबाटै छिनोफानो गरिदिनु हुन्छ ।

खोलामा पानी बढेर बस्तीमा पस्दा सुकुम्बासीलाई देखाएर पन्छिनुभएका बालेनले केही समयअघि सडक विभागको गेटअगाडि एक ट्रक धुलो थुपारेर त्यसको प्रचार समेत गर्नुभएको थियो।

तर, आफ्नै कार्यालय डुबानमा पर्दा मेयर साह त्यो दृश्य हेर्न समेत आउनु भएको छैन । सडक भत्काएर फुटपाथ बनाउने विषयमा सडक विभागसँग क्षेत्राधिकारको शीर्षकमा भिड्न जानुभएका मेयर बालेनले ढल निकासको उचित व्यवस्था गर्ने जिम्मेवारी आफ्नो हो भन्ने चाहिँ याद गर्नु भएको छैन ।

हिन्दी सिनेमा 'नायक' मा अनिल कपुरले देखाएको शैलीमा मिडिया अगाडि राखेर सबैलाई ठीक लगाउने र सुकुम्बासी बस्तीमा डोजर चलाएर हैकम देखाउने मेयर बालेन अहिले डुबान स्थलको बारेमा बेखबर समेत हुनुहुन्छ ।

त्यसो त यो अवस्था पहिलोपटक आएको होइन । काठमाडौँमा अलिकति बढी पानी पर्नासाथ चोकचोकमा पानी जम्मा हुने र सडक बीचहरूमा खाल्डो हुनु नियमितको घटना हो । तर, राष्ट्रियसभा गृहमा भने यो हदको डुबान खासै हुने गरेको थिएन । तर स्टन्टबाजीमा रमाउने बालेन शैलीका कारण यस वर्ष राष्ट्रिय सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौँ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण यो पानी सहजै बग्न नसकेको हो ।

इञ्जिनियर हुँ भन्दै हैकम चलाए पनि वर्षाको पानी बग्ने उचित व्यवस्थापन नगरेको भन्दै महानगर भित्रै बालेनबारे कुराकानी चलिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : ४७ बजे