काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो ।
यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार ११ : १६ बजे
प्रतिक्रिया