साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

भक्तपुर – चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ५१ बजे