सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनबाट खरिद गरेको ८ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोना विरुद्धको खोपको पहिलो खेप काठमाडौंमा नेपाल आइपुगेको छ ।

नेपाल वायूसेवा निगमको विमानले आज बिहान साढे ६ बजे ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमाअवतरण भएको हो ।

नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोप मध्ये पहिलो खेप आज आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। खोप ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट चीनतर्फ उडेको थियो।

नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : १८ बजे