सुनको मूल्यमा नयाँ कीर्तिमान

नायिका जेनी कुँवरले आत्महत्या गरिन्

काठमाडौं । नेपाली चलचित्रकी नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ः३० बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्सयता नेपाली फिल्मको अभिनयमा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो । पछिल्लो समय उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा साधुका रुपमा बिताउँथिन ।

आत्महत्याको कारण डिप्रेसन : प्रहरी
प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ०२ बजे