‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ट्रक र बस एकआपसमा ठक्कर खाँदा ९ जना घाइते

​​​​​​​सप्तरी – अग्निसाईर कृष्णसावरण गाउँपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा ना.३ ख ६८४५ नम्बरको ट्रक र लु.१ ख ७६२० नम्बरको बस एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रक चालक समेत बसमा सवार ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ३ जना मध्यम र अन्यको सामान्य रहेको छ । घाइतेहरुको स्थानीय महुली पोलीक्लिनिक एन्ड हेल्थ केयरमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ८ : ५३ बजे