सुनको मूल्यमा नयाँ कीर्तिमान

नेताहरुको कार्यव्यस्तताका कारण साँझ बस्ने भनिएको कार्यदलको बैठक भोलि ११ बजेलाई स¥यो 

काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक भोलिसम्मका लागि सरेको छ । आज बिहान ११ बजे करिब २५ मिनेट बसेको बैठकले साँझको बैठकबाट सवै समस्याको समाधान गर्ने बताएका थिए । तर अर्थमन्त्रीको कार्यव्यस्तताको कारण आजको बैठक सरेको स्रा्ेतले बताएको छ ।

विहानको कार्यदलको बैठकपछि एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङले थप केही विषय मिलाउनुपर्ने भएकाले बैठक साँझसम्मका लागि स्थगित गरिएको बताउनुभएको थियो । दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने बक्तव्यका केही बुँदामा भाषा मिलाउने काममात्रै बाँकी रहेको बताएपछि आजको बैठकलाई निकै चासोका रुपमा हेरिएको थियो ।

कार्यदलको बैठक भोलि ११ बजे बस्ने भनिएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ८ : ५३ बजे