‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अत्यावश्यक कामबाहेक बाँकेभर हिँडडुल गर्न निषेध

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक कामबाहेक जिल्लाभरका स्थानमा हिँडडुल गर्न निषेध गरेको छ। कोरोना भाइरसको संक्रमण पुनः बढेको भन्दै बाँके प्रशासनले सोमबार राती १२ बजेदेखि एक साताका लागि जिल्लाभर हिँडडुल गर्न निषेध गरेको हो। 

वैशाख २० गते राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय, हाटबजार संचालन गर्न नपाइने कार्यालयले प्रष्ट पारेको छ। ‍‍ यसअघि नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रभित्र लागू हुने गरी वैशाख ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ३० बजे