सुनको मूल्यमा नयाँ कीर्तिमान

चाँदीका बालाको लोभमा तीन बर्षीय भाईको हत्या

कैलाली  । कैलालीको टीकापुरका साढे तीन वर्षीय विवेक बिष्टको जामुना खानसँगै गएकी भनिएकी १५ वर्षीया दिदीबाटै हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी विश्व अधिकारीले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिनुभएको हो ।

प्रह्रीका अनुसार विवेकको हत्या आफुले गरेको दिदीले स्विकारेकी छन् । विवेकले खुट्टामा लगाएका चाँदीका बाला कैलालीको लम्की चुहा नगरपालिका वडा नं–६ घर भइ हाल टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.५ मा डेरा गरी बस्दै आएकी १४ वर्षीया साथीका घरबाट प्रहरीद्वारा बरामद गरिएको छ । चाँदीका वाला बरामद गरिएकी १५ वर्षीया बालिकालाई समेत नियन्त्रणमा लिएको छ । उनले घटनालाई ढाकछोप गर्दैै घटनालाई अन्यत्र मोड्न ती वालिकाको घरमा बाला लुकाएको हुन सक्ने आशङ्का गरिएको छ ।

ती वालिकाले विवेकका खुट्टामा लगाइएका चाँदीका बाला झिकेर स्थानीय जमरा नालामा धकेलेर हत्या गरेको स्विकारेकी छन् । घटना थप रहस्यमय बन्न सक्ने सम्भावना बढ्यो एपसी अधिकारी भन्नुहुन्छ ‘पारिवारिक पृष्ठभूमि, विगतको सम्बन्ध, द्वैष, वदलाभाव आदिले समेत विवेकको सुनियोजित ढङ्गले हत्या गरिएको हुन सक्ने आधार वलियो बन्दै गएकाले थप अनुसन्धानको घेरा फराकिलो बनाइएको र अनुसन्धानका क्रममा प्रमाणका आधारमा अन्यलाई पनि केन्द्रमा राख्नु पर्ने अवस्था आउन सक्छ ।’

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : २७ बजे