साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कांग्रेस केन्द्रीय कार्य समिति बैठक सर्‍यो, बैठकअघि सबैको पीसीआर परीक्षण गरिदैँ

काठमाडौं । सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक सथगीत भएको  छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै बैठक मंगलवारको लागि सारिएको हो। 

भोलि केन्द्रीय कार्य समितिका सबै सदस्यहरुको पीसीआर परीक्षण गर्ने र मंगलबार बैठक बस्ने सहमति भएको बताइएको छ । कांग्रेसले आगामी १४ औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उप निर्वाचनलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाएको हो।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : २६ बजे