‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मिडियाले जनमत तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

फाउन्डेशनद्वारा आधारभूत सञ्चारसीप कार्यशालाको आयोजना 

काठमाडौँ – पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मिडियाले मानिसहरूमा जुन मनोविज्ञान बनाउँछ त्यसले जनमत निर्माण गर्ने बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित तीन दिने ‘पत्रकारिता सम्बन्धी आधारभूत सञ्चारसीप कार्यशाला’ कार्यशालाको शुभारम्भ गर्नुहुँदै ज्ञवालीले यत्तिखेर सरकारविरोधीहरुले मिडियामा भ्रम छर्ने कोसिस गरिरहेको भन्दै झुटा समाचारको बेलैमा सचेततापूर्वक चिरफार गर्न आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा बोल्नुहुँदै ज्ञवालीले पत्रकारिता सम्बन्धी यस्ता कार्यशालाले व्यवसायीक पत्रकारिताका लागि क्षमता अभिवृद्धि गर्ने बताउँदै मदनभण्डारी फाउण्डेशनले पत्रकारको क्षमता अभिवृद्घिका लागि गरिरहेका कामहरुको सिक्न लायक र उदाहरणीय भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका इन्चार्ज तथा पूर्व युवा तथा खेलकुद मन्त्री दावा लामाले खेलकुद पत्रकारिताको लागि पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद महासङ्घका पछिल्ला कार्यहरू धेरै राम्रोसँग अघि बढेकोमा खुसी व्यक्त गर्नुहुँदै खेलकुद क्षेत्रले नयाँ र उदाहरणीय कामको महसुस हुने गरी महासङ्घ अझै अघि बढ्न सकोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य देवेन्द्र सुवेदीले खेलकुद र पत्रकारिता सम्बन्धी आधारभूत अवधारणा र अहिले चलिरहेको अभ्यास बारे जानकारी गराउनु भयो ।

तीन दिनसम्म चल्ने कार्यशालामा नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, प्रथम अध्यक्ष गोविन्द भट्टराई, मदन भण्डारी फाउण्डेशनकी सचिव पेम्बा लामा, प्रा.डा. कुन्दन अर्याल, घनश्याम कोइराला, मिलन धरेल लगायतले विद्यार्थीहरूलाई पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्नु हुने छ ।

कार्यशालामा प्रशिक्षार्थीहरूलाई खेलकुद पत्रकारिता सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ३ : ३७ बजे