सुनको मूल्यमा नयाँ कीर्तिमान

दार्चुलाको नौगाडमा पहिरो  ः  दुई जनाको मृत्यु, एक जना बेपत्ता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा बुधबार राति पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।पहरिोले स्थानीयका तीन घर पुरिएको प्रहरीले जनाएको छ ।  पहिरोमा पुरिएका दुईको शव फेला परेको र उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घरमा क्षति पुगेको छ । बुधबार रातिको अविरल वर्षाका कारण घरका साथै स्थानीय लघु जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । नकारी दिए ।

सरमुकामबाट प्रहरी र सशस्त्रको टोली उद्धारका लागि घटनास्थल गइरहेको प्रहरीको भनाइ छ । पारिखार, सितोलीबगड, ओखलधार र गुन्ढारु खोलाको बाढीले जामिर लघुजलविद्युत् तथा जामिर झोलुंगे पुल बगाएको छ । खार खोलाले नौगाड खोला थुनिएको छ । नौगाड गाउँपालिका–६ धुलिगडा क्षेत्रमा पनि पहिरो खसेको छ । धुलिगडा–होपरीगाड सडक खण्डमा खसेको पहिरो डोजर लगाएर पन्छाउने कार्य भइरहेको छ ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १ : ४४ बजे