सुनको मूल्यमा नयाँ कीर्तिमान

 सिंहदरबारमा एमाले कार्यदलको वार्ता सुरु

काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यादलको बैठक  सुरु भएको हो ।

बैठक सुरु हुनुअघि एमालेका नेता भीम रावल नेता माधव नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो । 

कार्यदलको आजको बैठकमा आफ्नो पक्षबाट प्रस्तुत हुने रणनीतिका लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

हिजो९बुधबार० बेलुका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच एक्ला एक्लै भएको भेटवार्तामा  उहाँहरू बीच भएको छलफलका बारेमा नेता रावलले नेपालसँग जानकारी लिनुभई सोही अनुसार आजको कार्यदल बैठकमा नेपाल पक्ष प्रस्तुत हुने बुझिएको छ । 

अध्यक्ष ओली र नेता नेपालबीच हिजो भएको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले बताउनुभएको थियो । 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १ : १२ बजे