सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग गएकै छैन : बादलको सचिवालय

काठमाडौं । पूर्वमाओवादी नेता एव गृहमन्त्री रामबहादुर थापा बादल समूहले हिजो निर्वाचन आयोगमा दल खारेजीको माग गदै निवेदन दिएको छ भन्ने समाचार गलत भएको उहाँ निकट स्रोतले बताएको छ।

कारवाहीमा परेका २३ जना नेताहरुको तर्फबाट निर्वाचन आयोग पुगेर माओवादी केन्द्र खोरेजीको मागसहित बादल समुहले निवेदन दर्तामा बादलको ध्यानाकर्षण भएको र त्यसमा उहाँको कुनैपनि टीम संलग्न नभएको उहाँको विश्वस्त स्रोतले चक्रपथलाई बताएको छ। बादल निकट स्रोतले भन्यो, ‘ दल खारेजीको माग गदै बादल समुहबाट कोही गएको पनि छैन, हामीलाई मतलब पनि छैन, लिखित रुपमा वा भौतिक रुपमा बादलको टीम त्यहा गएको छैन ।’ निर्वाचन आयोगमा बादल समुहले दल खारेजीको निवेदन दियो भनेर मिडियाले हल्ला फैलाएको उनीहरुको आरोप छ । ‘बादल माओवादीका नेताहरुसँग मनमुटाब भएर पार्टी छोडेर एमाले भइसक्नुभयो, अब हामीलाई त्यसको वैधानिक होसकी अबैधानिकसँग केही मतलब छैन’ बादल स्रोतले भन्यो ।

बादलको टीमलाई नसोधी निर्वाचन आयोगमा बादल समुह गयो भनेर झुठो समाचार बनाएकोमा आश्चर्य लागेको उनीहरुले बताएका छन् ।

नेता लीलाबहादुर थापाको नेतृत्वमा बुधबार एक टोलीले आयोगमा दल खारेजीको मागगर्दै निवेदन दर्ता गरेको थियो । माओवादी केन्द्रको महाधिवेशन नभएको नौ वर्ष वितिसकेकाले अवैधानिक भएको दावी गर्दै नेताहरुले अवैधानिक दलले गरेको कारवाही पनि अवैधानिक भएको भन्दै आयोगमा दिवेदन दर्ता गराएका थिए । 

थापासँगै टोलीको तर्फबाट अधिवक्ता सरोज बुढाथोकी, दिनेश पन्थी, गिरिधारीलाल न्यौपाने लगायतका नेताहरु पुग्नुभएको थियो । उनीहरु बादलसमुह नभएको बादलको सचिवालयको प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १२ : १० बजे