सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको भेटवार्ता सकिएको छ । 

कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म वार्ता भएको हो । विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि तिक्ततापूर्ण सम्बन्ध रहेकाबेला दुई शीर्ष नेताहरुबीच भेट भएको छ ।

वार्तामा ओली पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले वार्ता सकारात्मकपूर्णरुपमा अघि बढेको प्रतिक्रिया दिनुभयो । त्यस्तै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि वार्ता सकारात्मक भएको र भोलि कार्यदलको बैठक बस्ने र त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५३ बजे