सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष ओली र माधव नेपालबीच होटल मेरियटमा भेटवार्ता शुरु,बिष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि सहभागी

काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल शुरु भएको छ। होटल मेरियटमा उहाँहरुबीच छलफल भइरहेको स्रोतले जनाएको छ । 

यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री विष्णु पौडेल  र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ ।  एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भईरहेको भेटवार्तामा कार्यदलका अन्य सदस्यपनि सहभागी हुन सक्छन स्रोतले भनेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ५७ बजे