‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

थप २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा परीक्षण एन्टीजेन र पिसिआर गर्दा  २ हजार ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ३३३ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार ५४४ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  २८ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार २९१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ४१ बजे