काठमाडौं। ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगाउने चार जना एमाले सांसदलाई सर्वोच्च अदालतले फेरि म्याद जारी गरेको छ ।
एमालेले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै अदालतले फेरि म्याद जारी आदेश गरेको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फूयालको संयुक्त इजलासले यसअघि म्याद जारी गरेको थियो । तर, उक्त म्यादमा चारै जना उपस्थित हुन नसकेपछि पुनः म्याद जारी गरेको हो ।
आज न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः म्याद जारीको आदेश गरेको हो ।
यसअघि सर्वोच्च अदालतले ती चार सांसदमाथि गरेको कारवाहीलाई मान्यता नदिएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा भ्याकेट (अन्तरिम आदेश खारेजीको मा) निवेदन दिएको थियो ।
प्रकाशित मिति : २३ असार २०७८, बुधबार ४ : १४ बजे
प्रतिक्रिया