सुनको मूल्यमा नयाँ कीर्तिमान

जसपा विवाद : निर्वाचन आयोगले गठन गर्यो इजलास

काठमाडौं ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । 
आयोगले  विवाद निरुपण गर्न सुनुवाईका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि दुबैपक्षलाई भनेको छ  ।

 राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार जसका दुबै पक्षले आफुहरु नै आधिकारि भएको दाबी गरिरेहका छन् । ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि आयोगले सुनुवाइ प्रक्रिया सुरु गर्न इजलास नै गठन गरेको हो । 

लामो समयदेखि जनत समावादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव विभाजित छन् । उनीहरु दुबैले आफुलाई नै आधिकारीक भएको जिकिर गरिरहेका छन् । 
 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ०९ बजे