‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोमल वलीको कविता : ‘बाँदरको जमात र अमृतापनको सपना’

​​​​​​​​​​​​​​काठमाडौं । नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रिय सभाकी सदस्य कोमल वलीले सोमवार राष्ट्रियसभाको विशेष समयमा लिखित सम्बोधन गर्नुभयो । 

लिखति सम्बोधनका क्रममा ओलीले कविता बाचन गर्नुभएको थियो ।  उक्त कविता अहिले सवैको चासोको विषय वनेको छ। यहाँ ओलीले संसद्मा बाचन गर्नुभएको कविता जस्ताको तस्तै प्रस्तुत गरिएको छ । 

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

कहिले मिलेका छन्, कहिले फुटेका छन् ।।
ईर्श्याको भट्टीमा आफैंलाई भुटेका छन् ।।

आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशको मेलामा जुटेका छन् ।।
अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे।।

आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन् ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।

बाँदरहरू खेती गदैनन् बाली विनास गर्छन् ।।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोइलानहरुसँग मिल्छन् ।।

कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपाना देख्छन् ।।

बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।। 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : ३० बजे