साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रश्नपत्र आउट गरेको अभियोगमा १०  जना पक्राउ

विराटनगर ।  परीक्षा हुनुभन्दा दुई घण्टा अगाडी प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई  पक्राउ गरेको छ । 

मोरङ प्रहरीले एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई  पक्राउ गरेको हो ।  प्रहरीले ८ जना विद्यार्थीहरूलाई शनिवार राती काठमाडौँबाट पक्राउ गरी मोरङ लगेको हो । 

अन्य दुई जनालाई विराटनगरदेखि पक्राउ गरिएको हो ।  यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐनमा’ म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

वैशाख ३ गते पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडी  प्रश्नपत्र बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षाको प्रश्नपत्र ११ बजे नै आउट भएको खुलेको छ । 

 

परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्राडा सूर्यप्रसाद सङ्ग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । पश्नपत्र आउट भएपछि  अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए । 

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ०० बजे