साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 पोष्टमार्टमबाट खुलेन सुजिता भण्डारीको मृत्युको कारण

काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।

‘रिपोर्टमा मृत्युको कारण खुल्न सकेन । शरीरका कुनै पनि भागमा चोट छैन ।’प्रहरी निकट स्रोतलेभ भन्यो । पोष्टमार्टममा  जबरजस्ती करणी गरेको पनि नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । पोस्टमार्टम रिर्पोटबाट हत्या वा आतमहत्या नखुलेपछि अब  सुजिताको भिसेरा परीक्षण हुनेछ । शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण मिसेरा परीक्षणबाट पत्त्ता लाग्नेछ । 

मिसेरा परीक्ष्णबाट उनले जीवितै छदा कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे खुल्ने छ । 

असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरु बताउँछन् । 
सुजिताको शव भेटिएको स्थानमा विषादीको बट्टा पनि भेटिएको थियो । घटनास्थलभन्दा केही पर उनले प्रयोग गर्दै आएको मोबाइलसमेत भेटिएको छ ।

सुजिताको हत्या भएको आफन्त र स्थानीयको दाबी छ । निश्पक्ष छानबिनको माग राखेर चितवनमा दैनिक जसो प्रदर्शनहरु भइरहेका छन् ।  

सुजिताकी दिदीले असार ११ गते  आफूलाई दुई महिला र एकजना पुरुषले गाडीमा हालेर लैजान खोजेको भन्दै फोन गरेको बताउँदै आइरहेकी छिन् ।  असार ११ गते १२ बजेर ४३ मिनेटसम्मको समयमा सुजिताको मोबाइल अन भएको र त्यसपछि अफ भएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । 

परक्षिणको अलवा प्रहरीले सुजिताले प्रयोग गर्ने मोवाइल, उनले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको समेत प्राविधिक विश्लेषण गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएको छैन  ।
आफन्तले सुजिताको अहरणको दाबी गरे पनि अनुसन्धानमा हालसम्म अपहरणको संकेत नभेटिएको प्रहरी अधिकारीहरु बताउँछन् । 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ५६ बजे