साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विभाजन नै नभएको पार्टीमा के को एकता ?  

​​​​​​नेताहरुका अराजनीतिक गतिविधिकाकारण एमाले पार्टीभित्र अन्तरविरोधहरु सीर्जना भएका छन, तर पार्टी भने विभाजित भएको छैन । विभाजन नै नभएको पार्टीमा के को एकता ?  तर एमालेभित्रको आन्तरीक जीवनमा समस्याहरु छन, ती समस्याहरुको प्रवेशविन्दु के हुन ? कसका कारण र के कारण पार्टीमा समस्याहरु देखा परे । यो विषय प्रत्येक नेता कार्यकर्ताहरुलाई मात्रै होइन, घर घर र जन जनले थाहा पाईसकेको विषय हो । अव त यी विषयहरु कोट्याउदा पनि आफैलाई लाज लाग्न थालिसक्यो ।  

राजनीतिमा घुक्याई, कुण्ठा, इष्र्या र महत्वकांक्षाले ठाउँ पायो भने त्यो राजनीति सग्लो रहदैन । राजनीतिमा अवसरवादी चरित्र र व्यक्तिगत स्वार्थको कुनै स्थान हुदैन । तर स्वार्थ देश र जनताको आकांक्षामा रुपान्तरीत भयो भने त्यस्तो स्वार्थले एउटा ओजन ग्रहण गर्दछ । तर एमालेभित्र व्यक्तिगतरुपमा सवैका आ—आफना स्वार्थहरु छन । यही स्वार्थ पुरा गर्ने महत्वकांक्षाका कारण पार्टीभित्र यो अवस्था आएको हो । त्यसैले छाती र दिमागमा पदीय महत्वकांक्षाको चीराग बालेर पार्टी एकताको अलापको गीत गाउनु त्यति सुहाउने बिषय होइन ।  

मुल नेतृत्व र नीतिलाई ओझेलमा राखेर अवैधानिक पदीय आकांक्षाको सम्बोधनमार्फत विभाजन नभएको पार्टीको एकता खोज्नु भएको हो भने यसलाई देशभरिका नेता कार्यकर्ताले कसरी बुझलान ? यतिवेला एमालेजन मात्रै होइन, सिङगो देश सग्लो एमालेको पक्षमा छ, त्यसकालागि पार्टी जिम्मेवारी हस्तान्तरणकालागि महाधिवेशन र सरकारको हस्तान्तरणकालागि निर्वाचनभन्दा एकताको अरु कुनै बलियो बैधानिक आधार छैन ।

दुई पार्टी मिलेर नेकपा बनेपछि प्रचण्डको काँधमा बन्दुक राखेर केपी शर्मा ओलीलाई कमजोर बनाउने र एउटा पद आफुले लिने स्वार्थ थियो माधव नेपालको । माधव नेपाललाई काखी च्यापेर केपी शर्मा ओलीसँग पावर सेयरीङ गर्ने अर्थात प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने, नभए माधव नेपालहरुलाई उचालेर एमाले विभाजन गर्ने स्वार्थ थियो होला प्रचण्डको । यी दुई प्रधान स्वार्थकावीचमा केही नेताको शितल निवासतिर नजर थियो भने कसैको हुलमुलमा प्रधानमन्त्री बनिन्छ की भन्ने महत्वकांक्षा थियो । आखिर नेकपाको जन्म र मरणवीचको समयमा यी महत्वकांक्षाले जन्माएका अराजनीतिक बिषय भन्दा अरु के नै विषयमा पार्टीभित्र अन्तरविरोध सीर्जना भएको छ र ? नेकपाको आयु सकिएपछि व्युँतिएको एमालेमा देखा परेका जतिपनि अराजनीतिक साँठगाँठहरु छन । त्यसको सार भनेको अवैधानिक हिसावले मुल नीति र नेतृत्वलाई कमजोर बनाएर पावर हत्याउने विषय भन्दा अरु केही थिएन र होइन ।   

अन्तरविरोध पार्टीको जीवन्त विषय हो । यो पार्टीको बैचारिक जीवनसँग, सांगठानीक जीवनसँग सम्वन्धित हुन्छ । तर मलाई यो पद र फलानोलाई त्यो पद चाहिएको कारण केपी शर्मा ओलीलाई पद छोडेर हामीलाई सुम्पिनुस भन्ने र घेराउ गर्ने बिषय राजनीतिक विषय होइन । यो कुनै अन्तरविरोधको विषय पनि होइन । यो हिजोपनि राजनीतिलाई अराजनीतिक वनाउने, स्थिरतालाई अस्थिर बनाउने बिषय थियो । आज पनि यही हिजोको महत्वकाक्षी र अराजनीतिक बिषयलाई आधार मानेर पार्टीभित्र अवैधानिक बाटोवाट समाधानको हल खोजियो भने यसले स्थिर र बैचारिक राजनीतिलाई स्थापीत गर्न सक्दैन । 

मेडियाले जवरजस्तरुपमा हाम्रा केही नेताहरुलाई दोस्रो पुस्ताको नेता बनाई दिएको छ । यो दोस्रो पुस्ताको परिभाषा के ? के का आधारमा दोस्रो पुस्ता ? पार्टीको पदको आधारमा ? उमेरको आधारमा ? पार्टी संगठनको योगदानको आधारमा ? वा यसका अन्य केही आधारहरु छन ? हामी त अलमलमा छौ । अव तेस्रो वा चौथो पुस्तापनि आउन सक्ला ? तर के का आधारमा ? 

उहाँहरु सर्वोच्च अदालतले एमाले व्युताएपछिको समयमा आफुलाई दोस्रो पुस्ताको नेताको हैसियतले विभाजन नै नभएको पार्टीलाई एकता गर्न होटलहरुमा र नेताका निवासहरुमा नेता फकाई रहनु भएको छ । फलाना र ढिस्काना नेताका कारण विभाजिन हुन लागेको पार्टी जोगियो भन्ने जस लिन उहाँहरु दौडधुपमा लाग्नु भएको छ । कसले कति लिन सक्छ ? कसले कति दिन सक्छ ? भन्ने विषयमा सायद उहाँहरुको बहस केन्द्रीत हुँदो होला, हामीले त अनुमान मात्रै त गर्ने हो । हाम्रा अनुमानहरु असत्य नहुन सक्छन । 

दोष यो वा त्यो नेताको होइन, हाम्रा विश्लेषणहरु गलत छैनन भने दोष तपाईहरुको हो । किनकी आफनो व्यक्तिगत स्वार्थ पुरा गर्नकालागि तपाईहरु नेताहरुलाई विभाजित नै गरेर धुरी सीर्जना गर्नुहुन्छ । लिनसम्म फाईदा लिनु हुन्छ । अनि आफनो पद गयो भने नेताका कारण यस्तो भयो भनेर अलाप विलाप गर्नुहुन्छ । अनि पार्टीभित्रको अन्तरद्धन्द्धको हल गर्ने नाममा उही अवैधानिक पावर सेयरिङको बिषयलाई उठान गर्नुहुन्छ भने त्यहाँ तपाईको स्वार्थ र अवसरवादीता देखिन्छ । 

तर मेडियाले बनाएका र त्यो बनाइमा आफुले आफैलाई गौरव गरिरहनु भएका दोस्रो पुस्ताका नेताहरुलाई हामीले भन्नु छ । पार्टीको मुल नेतृत्व र शीर्ष तहका नेताहरुकोवीचमा अन्तरद्धन्द्ध सीर्जना गराउने तपाइहरु हो की होइन ? पार्टीका सवै नेताहरुसँग प्रतिस्पर्धा भन्दा एउटा नेताको फेरो समातेर अगाडी वढन वा सिधै पद हत्याउन सजिलो हुने भएकोले तपाईहरुले नै नेताहरुलाई विभाजन गरेको हो की होइन ? पार्टीभित्र मुल नीति र नेतृत्वलाई निस्वार्थ सहयोग गर्ने वेलामा पदको बार्गेनिङ गर्न तपाईहरुले अमुक नेताको धुरी समातेको हो की होइन ? आजपनि तपाईहरु नेताहरुलाई मिलाउन होइन, आफना स्वार्थकालागि र आफनो राजनीतिक हैसियत स्थापीत गर्नकालागि कार्यकर्ताकोवीचमा विभाजन नै नभएको पार्टीलाई जसरी भएपनि पार्टी एकता गर्ने भनेर दोस्रो पुस्ताको नेताको हैसियतको नाटक मञ्चन गरिरहनु भएको छ । 

सवैले मानेको कुरा के हो भने भविष्यमा यो पार्टी तपाईहरुले नै चलाउने हो । कस्तो पार्टी बनाउने ? वर्तमान र भविष्यको जिम्मा तपाईहरुलाई नै छ । तर हाम्रो प्रश्न के हो भने अवैधानिक पदीय महत्वकांक्षाको माग त्यहाँ नजन्मिएको भए, त्यस्ता अवैधानिक र अराजनीतिक मागहरुलाई अवैधानिक बाटोबाट नै पार्टी अध्यक्ष वा प्रधानमन्त्रीले  पहिले नै पुरा गरिदिनु भएको भए नेकपा पार्टीको अवशान नै हुने थिएन । दोष यो वा त्यो नेताको होइन, हाम्रा विश्लेषणहरु गलत छैनन भने दोष तपाईहरुको हो । किनकी आफनो व्यक्तिगत स्वार्थ पुरा गर्नकालागि तपाईहरु नेताहरुलाई विभाजित नै गरेर धुरी सीर्जना गर्नुहुन्छ । लिनसम्म फाईदा लिनु हुन्छ । अनि आफनो पद गयो भने नेताका कारण यस्तो भयो भनेर अलाप विलाप गर्नुहुन्छ । अनि पार्टीभित्रको अन्तरद्धन्द्धको हल गर्ने नाममा उही अवैधानिक पावर सेयरिङको बिषयलाई उठान गर्नुहुन्छ भने त्यहाँ तपाईको स्वार्थ र अवसरवादीता देखिन्छ । माधव नेपाललाई प्रधानमन्त्री दिएर भएपनि पार्टी एकता जोगाउनु पर्ने अभिव्यक्ति पृथ्वी सुव्वा गुरुङले मार्फत व्यक्त भयो भनिएको अभिव्यक्ति यसको एउटा महत्वपुर्ण उदारण हो । यदी यो भनाई सत्य हो भने बलियो पार्टी, स्थिर राजनीतिकालागि यो अभिव्यक्ति त्यति सहयोगी नहुन सक्छ । 

हाम्रो बुझाईमा केपी शर्मा ओलीले नेपालको राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सवै उचाई प्राप्त गरिसक्नु भएको छ । पार्टीको जीवनबाट हेर्ने हो भने पार्टी अध्यक्ष सवैभन्दा ठुलो पद हो । महाधिवेशनबाट निर्वाचित भएर उहाँले त्यो हैसियत प्राप्त गरिसक्नु भएको छ । राजकीय जिम्मेवारीवाट हेर्ने हो भने उहाँ मुलुकको दुई दुई पल्ट प्रधानमन्त्री बनिसक्नु भएको छ, दोस्रोपल्टको प्रधानमन्त्री हुँदा त, उहाँ २०४६ सालपछिको पहिलो २÷३ बहुमतसहितको प्रधानमन्त्री बनिसक्नु भएको छ । उहाँ अहिले पार्टीको मात्रै होइन, देशकै सवैभन्दा राजनीतिक उचाई प्राप्त गर्नुभएको नेता हो ।  हाम्रो विचारमा उहाँको स्वार्थ भनेको देशमा स्थिर राजनीतिको स्थापना होला । स्थिर राजनीति मार्फत देशलाई समृद्ध देश बनाउने र नागरिकहरुकोवीचमा सुख सीर्जना गर्ने नै हो । 

आफुलाई दोस्रो पुस्ताको नेताको हैसियतले विभाजन नै नभएको पार्टीलाई एकता गर्न होटलहरुमा र नेताका निवासहरुमा नेता फकाई रहनुभएको छ । फलाना र ढिस्काना नेताका कारण विभाजिन हुन लागेको पार्टी जोगियो भन्ने जस लिन उहाँहरु दौडधुपमा लाग्नु भएको छ । कसले कति लिन सक्छ ? कसले कति दिन सक्छ ? भन्ने विषयमा सायद उहाँहरुको बहस केन्द्रीत हुँदो होला, हामीले त अनुमान मात्रै त गर्ने हो । हाम्रा अनुमानहरु असत्य नहुन सक्छन । तर मेडियाले बनाएका र त्यो बनाइमा आफुले आफैलाई गौरव गरिरहनु भएका दोस्रो पुस्ताका नेताहरुलाई हामीले भन्नु छ । पार्टीको मुल नेतृत्व र शीर्ष तहका नेताहरुकोवीचमा अन्तरद्धन्द्ध सीर्जना गराउने तपाइहरु हो की होइन ? पार्टीका सवै नेताहरुसँग प्रतिस्पर्धा भन्दा एउटा नेताको फेरो समातेर अगाडी वढन वा सिधै पद हत्याउन सजिलो हुने भएकोले तपाईहरुले नै नेताहरुलाई विभाजन गरेको हो की होइन ? पार्टीभित्र मुल नीति र नेतृत्वलाई निस्वार्थ सहयोग गर्ने वेलामा पदको बार्गेनिङ गर्न तपाईहरुले अमुक नेताको धुरी समातेको हो की होइन ? 

 

हामीले पटक पटक उहाँका अभिव्यक्तिहरु हेरेका छौ र सुनेका छौ, उहाँले पार्टीभित्र देखापरेका अवैधानिक र अस्वस्थ्य मागको सम्वोधनका सन्दर्भमा अभिव्यक्त गरेको कुरा के हो भने पार्टी जिम्मेवारी हस्तान्तरणकालागि महाधिवेशनमा जाऔँ, यो नेतृत्व र नीति स्थापनाको बैधानिक बाटो हो । सरकारको हस्तान्तरणकालागि निर्वाचनमा जाऔँ, यो सरकार निर्र्माणको लोकतान्त्रिक बाटो हो । हाम्रो बुझाईमा यो अभिव्यक्ति अहिलेको एमालेभित्रको राजनीतिक गत्यावरोधको सवैभन्दा दीर्घकालिन उतम विकल्प हो । तर अल्पकालिनरुपमै भएपनि हामीले अध्यक्षकातर्फबाट पार्टीभित्रका समस्या समाधानकालागि अगाडी सारिएका छ बुदेँ प्रस्ताव र जेठ २ लाई आधार बनाएर डाकिएको केन्द्रीय कमिटीको वैठक सम्मलाई पनि सरोकारवालाहरुले वास्ता नगरेपछि एकताको प्रयास बालुवामा पानी हुने निश्चित नै भएको थियो ।   

त्यसैले विभाजन नै नभएको पार्टीलाई एक बनाउने अभियानमा लाग्नु भएका सञ्चार गृह र सामाजिक सञ्जालद्धारा घोषित हाम्रा दोस्रो पुस्ताका नेताहरुलाई हामीले भन्नु छ । तपाईहरुले मुल नेतृत्व र नीतिलाई ओझेलमा राखेर अवैधानिक पदीय आकांक्षाको सम्वोधन मार्फत विभाजन नभएको पार्टीको एकता खोज्नु भएको हो भने यसलाई देशभरिका नेता कार्यकर्ताले कसरी बुझलान ? यतिवेला एमालेजन मात्रै होइन, सिङगो देश सग्लो एमालेको पक्षमा छ, त्यसकालागि पार्टी जिम्मेवारी हस्तान्तरणकालागि महाधिवेशन र सरकारको हस्तान्तरणकालागि निर्वाचन भन्दा एकताको अरु कुनै बलियो बैधानिक आधार छैन । यो कुरा एकता अभियानमा लाग्नु भएका सवै नेताहरुले बुझन जरुरी छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ३४ बजे