‘नेशनल डे कन्सर्ट’ सम्पन्न

देउवाले झोक्किँदै भने,‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, सुन्नुभएन ! जानुहोस् ।’

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु सरकारमा जान हतार नगरेको बताएका छन् ।

कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताएका हुन् ।

पत्रकारहरु पटक पटक काँग्रेसको नेतृत्वमा सरकारमा कहिले बन्छ ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेपछि देउवा रिसाएका थिए । उनले झोक्किदै भने, काँग्रेस विपक्षी पार्टी भनेको सुन्नु भएन ? विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी १ जानुस्’ भन्दै उठेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ०१ बजे